काठमाडौँमा विशेष सुरक्षा प्रबन्ध

काठमाडौँमा विशेष सुरक्षा प्रबन्ध

723

काठमाडौँ, ७ मंसिर । नेकपा एमालेको युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौँमा गर्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौँ उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ ।

प्रदर्शनमा घुसपैठ हुन सक्ने र अपि्रय घटना हुन सक्ने सम्भावनालाई विश्लेषण गर्दै काठमाडौँ उपत्यकामा एकीकृत विशेष सुरक्षा योजना लागू गरिएको छ ।

सुरक्षाकर्मीहरुलाई परिचालन गर्न उपत्यका प्रहरी कार्यालयले डिआईजी लालमणि आचार्यको नेतृत्वमा कमाण्ड सेन्टर खडा गरेको छ । कमाण्ड सेन्टरमा नेपाली सेनाको सैनिक गुप्तचर महानिर्देशनालय (डीजीएमआई) का एक जना अधिकृतसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली रहनेछन् । आज बिहानैदेखि काठमाडौँका चोक-चोकमा हतियारसहितका सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । प्रदर्शनकारी बसेका स्थानमा पनि सादा पोशाकसहितका सुरक्षाकर्मी खटिएका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर