रास्वपाका दुई कार्यकर्ता पक्राउ

रास्वपाका दुई कार्यकर्ता पक्राउ

853

चितवन, ६ मंसिर । चितवन भरतपुर महानगरकी मेयर रेनु दाहालको सामाजिक सञ्जालमार्फत बदनाम गर्न खोज्ने राष्ट्रिय स्वतन्त्र पार्टीका दुई कार्यकर्तालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

चितवन प्रहरी स्रोतका अनुसार चितवन रत्ननगर नगरपालिका घर भएका शिव शर्मा र भरतपुर महानगरपालिका–७ बस्दै आएका उपेन्द्र देवकोटालाई पक्राउ  गरेको हो ।

उनीहरू दुवैलाई गए राति आ–आफ्नै घरबाट नियन्त्रणमा लिइएको चितवन प्रहरी स्रोतले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता शिव शर्मा भरतपुर महानगरका मेयर दाहाल र पत्रकार सन्तोष देउजाको तस्वीर तोडमोड गरी सामाजिक सञ्जालमार्फत बदनाम गरेका थिए भने देवकोटाले सोही पोष्टलाई शेयर गरेका थिए ।

मेयरसँग जोडेर बदनाम गर्न खोजेको भन्दै पत्रकार देउजाले हिजो मङ्गलवार प्रहरीमा ठाडो उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ । गए राति पक्राउ परेका दुवै जनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

तपाईको बिचार