ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

715

काठमाडौँ, ३ मंसिर । मकवानपुरको हेटौँडामा आइतबार ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

हेटौँडा– ६ चौघडामा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको हो भने घटना पछि सडक अवरुद्ध पारिएको छ । ट्रकको ठक्करबाट हेटौँडा उपमहानगरपालिका वडा नम्बर–६, चौघडाकी ३६ वर्षीय निरा बजगाईँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार बजागाईंलाई कान्ति लोक पथअन्तर्गत हेटौँडा ६ स्थित शान्ति टोलमा हेटौँडा शिवम् सिमेन्ट फ्याक्ट्रीबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना.७ ख १८१६ ट्रकले ठक्कर दिएको थियो । बजगाईँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

तपाईको बिचार

सम्बन्धित खबर