काठमाडौँ, १ मंसिर । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ९० रुपैयाँले बढेर प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाईको बिचार