बलात्कार आरोपमा एक जना पक्राउ

बलात्कार आरोपमा एक जना पक्राउ

705

काठमाडौँ, ३० कार्तिक । कैलालीको लम्कीचुहाबाट प्रहरीले बलात्कार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा ४५ वर्षीय प्रकाश जैसी छन् । लम्कीचुहा नगरपालिका–३ स्थित ढुंगे बजारमा ३० वर्षीया युवतीलाई बलात्कार गरेको अरोपमा जैसीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मानसिक सन्तुलन गुमाएकी पीडितलाई उनले घरमा नै गएर बुधवार साँझ बलात्कार गरेको अरोप छ । घटनाबारे ईलाका प्रहरी कार्यालय लम्कीले अनुसन्धान गरिरहेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर