भूकम्प प्रभावित क्षेत्रका लागि राहत ढुवानी गर्ने हेलिकोप्टरमा नेताहरुको मस्ती

भूकम्प प्रभावित क्षेत्रका लागि राहत ढुवानी गर्ने हेलिकोप्टरमा नेताहरुको मस्ती

494

जाजरकोट, २३ कार्तिक । भूकम्पबाट बढी प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममा राहत सामग्री पुरयाउने कमाण्ड संघीय सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले सम्हालिरहेका छन् । संकटको समयमा यही क्षेत्रकै नेता भएका कारण उपप्रधानमन्त्री खड्काले अभिभावकीय भूमिका निर्वाह गरिरहेका छन् । एक हिसावले भन्दा पीडित बस्तिमै राहत पुरयाउन ठूलो योगदान छ । प्रभावित बस्तिमा पुगेर अनुगमन गर्ने राहत नपुगेको भए तत्काल ठाउँका ठाउँ टेलिफोन गरेर राहत पुरयाउन निर्देशन दिँदै आएका छन् । राहत वितरण कै लागि उनी काठमाडौँ नगएर सुर्खेतबाट संघीय सरकारको कमाण्ड सम्हाली रहेका छन् । घाइतेको उद्दार र पीडित नागरिकको बस्तिसम्म राहत पुरयाउन नेपाली सेनाका सबै हेलिकोप्टरहरु सुर्खेतमै राखिएका छन् ।

दुर्भाग्य, राहतका लागि सुर्खेतमा राखिएका हेलिकोप्टरमा भने अनुगमनका नाममा नेताहरु मस्ति गर्न थालेका छन् । सोमबार मात्रै अनुगमनका नाममा नेताहरुले मस्ति गरेका छन् । प्रभावित क्षेत्रमा राहत पुरयाउनुको सट्टाको उपप्रधान मन्त्रीसहित, जलस्रोत उर्जा तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जिसी, आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही र नेपाली काँग्रेसका प्रदेश पार्टी सभापति ललितजंग शाही, नागरिक दैनिकमा कार्यरत नगेन्द्र उपाध्याय र कान्तिपुर टेलिभिजनमा कार्यरत देव रानाले शयर गरे ।

उनीहरु पीडित बस्तिमै नपुगेर नेताहरुले हेलिकोप्टरबाट नै प्रभावित क्षेत्रको अनुगमन गरे । जिल्ला सदरमुकामका कोही बस्तिमा स्थलगत अनुगमन गरेपनि रिम्ना, बारेकोट, कुसे र आठविसकोटमा हेलिकोप्टर बस्ने स्थानमै स्थानीयसँग राहत वितरण र प्रभावित नागरिकको जानकारी लिए ।

जुन अनुगमन कुनै पनि हिसावले आवश्यक थिएन् । बरु अनुगमनको सट्टा राहत सामग्री सम्बन्धित ठाउँमा पु¥याएको भए पीडितलाई केही राहत हुन्थ्यो । तर सोमबार दिनभर नेपाली सेनाको हेलिकोप्टर नेताहरुलाई प्रभावित क्षेत्रमा घुमाउनमै व्यस्त भयो । भलै सोही हेलिकोप्टरबाट रुकुमपश्चिमको आठविसकोटबाट सानोभेरी गाउँपालिका–४ का डाइमन्ड चन्दको उद्दार गरियो । भूकम्प परेर घाइते भएका उनको दाँया खुट्टा भाँचिएको थियो । आठविस अस्पतालमा खुट्टाको अप्रेशन सम्भव नभएपछि उनलाई उद्दार गरेर प्रदेश अस्पताल सुर्खेत पु¥याइएको हो ।

तपाईको बिचार