१५ जना जुवाडे पक्राउ

१५ जना जुवाडे पक्राउ

703

काठमाडौँ, १३ कार्तिक । भक्तपुरबाट १५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ स्थित कौशलटार बस्दै आएका इन्द्रबहादुर श्रेष्ठको टहरामा सञ्चालित जुवा खालमा छापा मारेर १५ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर घर भएका कुमार बराल, दोलखा घर भएका बाबुराम खड्का, काभ्रे घर भएका बुद्धिलाल स्याङतान र मध्यपुर थिमी घर भएका ३० वर्षीय राम गोपाल कुटु सहित १५ जना छन् । जुवा खालबाट १४ बुक तास र १ लाख ४ हजार नगद बरामद गरिएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर