काठमाडौं, २ कार्तिक । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ ।
चीनको बिआराइ फोरममा भाग लिन बेइजिङ पुगेका उपप्रधान तथा गृह मन्त्री श्रेष्ठलाई हृदयघात भएको हो ।
हिजो साँझ छात्तिमा समस्या देखा परे अस्पताल पुगेका उनको coronary artery blockage भएको पत्ता लागेको थियो । बेइजिङस्थित अस्पतालमा मुटुको एन्जी ओप्लास्टी गरिएको छ, आइसियुमा राखेर उपचाररत श्रेष्ठ खतरामुक्त रहेको डा. शितलकाजी श्रेष्ठले मिडियालाइ जानकारी गराएका छन् ।
अस्पतालमा उनको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकतर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको स्वकीय सचिव श्रेष्ठले बताए ।
तपाईको बिचार