इजरायल आक्रमणयता सामाजिक सञ्जालमा हमासको फलोइङ आकासियो

इजरायल आक्रमणयता सामाजिक सञ्जालमा हमासको फलोइङ आकासियो

703

काठमाडौँ, १ कार्तिक । प्यालेष्टाइनी सशस्त्र समूह हमासलाई अधिकांश सामाजिक सञ्जालहरुले प्रतिबन्ध लगाएका छन् । अक्टोबर ७ मा इजरायलमाथि समूहले अचानक आक्रमणगरेयता म्यासेजिङ एप टेलिग्राममा यसको फलोइङ ह्वात्तै बढेको छ ।

हमासको सशस्त्र एकाई अल–क्वासम बिग्रेड्सको एउटा खातामा फलोइङ तीन गुणाले बढेको छ भने पोष्ट भएका भिडियो र अन्य कन्टेन्टमा भ्यूज संख्या १० गुणाले बढेको बताइएको छ । अमेरिकाले हमासलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठन घोषित गरेको छ । मेटा र गुगललगायत कम्पनीहरूले हमासको एकाउन्टमा प्रतिबन्ध लगाएका छन् ।

तर टेलिग्रामले सो समूहलाई आफ्नो सेवा प्रयोग गर्न दिई नै रहेको छ । यसअघि ट्विटर भनेर चिनिएको एक्सले पनि हमासमाथि बन्देज लगाउँदै सो समूहसँग सम्बद्ध सयौँ खाता हटाएको थियो । टेलिग्रामको कन्टेन्ट मोडरेशन नियम अति नै खुकुलो छ । यसले गर्दा  पनि अतिवादी समूहहरूमाझ यो एप निकै चर्चित छ । एजेन्सी

तपाईको बिचार