जसपाको उदयपुर जिल्ला समिति पुनर्गठन

जसपाको उदयपुर जिल्ला समिति पुनर्गठन

1001

उदयपुर, १ कार्तिक ।  जनता समाजवादी पार्टी (जसपा) नेपालको उदयपुर जिल्ला समिति पुनर्गठन गरिएको छ ।

गाईघाटस्थित टाउन हलमा आयोजित कार्यक्रमबाट केशवबहादुर मगरको अध्यक्षतामा ४५ सदस्यीय समिति पुनर्गठन भएको हो । समितिको उपाध्यक्षमा छत्रबहादुर राई, मानबहादुर राई, सचिव ओसन घिमिरे, उपसचिवमा विश्वराज राई र सुरेन्द्र राई रहेका छन् । कार्यक्रममा केन्द्रीय सदस्यहरू खेमनारायण यादव, उर्मिला राई, सिद्धान्त राई, कोसी प्रदेशका मुख्य सचिव घनश्याम कटुवाल, प्रदेश सचिव हस्तशोभा राई, किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राई, मुख्य सचिव प्रसन्न राई लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर