बासबहादुर जिसी 'संस्करण संगालो' र 'जीवनवृत्त' पुस्तक विमोचन

बासबहादुर जिसी ‘संस्करण संगालो’ र ‘जीवनवृत्त’ पुस्तक विमोचन

1025

काठमाडौँ, २९ असोज । बासबहादुर जिसी संस्करण संगालो र बासबहादुर जिसी जीवनवृत्त पुस्तक विमोचन गरिएको छ ।

आइतवार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रम गरी प्रकाशक खिमकुमारी धर्ती रहेको संस्करण संगालो र सूब सेन (सूर्यबहादुर सेन) द्वारा लिखित र दायित्व वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित जीवनवृत्त पुस्तक सार्वजनिक गरिएको छ । आफ्नो सन्तती र समाजको उन्नती र प्रगतिका लागि आफ्नो समय र उर्जा समर्पण गर्ने उद्देश्यका साथ तयार पारिको पुस्तक शसी पन्थीको प्रमुख आतिथ्यतामा दुवै पुस्तक विमोचन गरिएको हो ।

सामाजिक क्षेत्रमा उदाहरणीय बन्नुभएका बासबहादुरको २०६५ सालमा मृत्यु भएको थियो । समाज रुपान्तरणको नेतृत्व गर्नुभएका बासबहादुरले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सामाजिक सद्भाव, धार्मिक तथा सांस्कृतिक कार्यहरुमा गुल्मीको धुर्कोटदेखी काठमाडौँमा समेत विशेष भूमिका निर्वाह गर्नुभएको थियो । समाज रुपान्तरणको सुभावना बोकी पदीयभन्दा पनि क्षमता र योग्यताको उच्च कदर गर्दै आफ्नो जीवन विताउनुभएका स्व. बासबहादुरले समाज रुपान्तरणको मार्गनिर्देशमात्र गर्नुभएन कि समाजको सामाजिक सेवाभावको सडकमात्र हैन, राजमार्गनै तयार गर्ने महान् लक्ष्यका साथ जीवन निर्वाह गर्नुभएको बताइएको छ ।

पुस्तकमा समेटिए अनुसार उहाँ सामाजिक अगुवा तथा परिवर्तनशिल व्यक्तिको रुपमा स्थापित हुनुभएका स्व. बासबहादुर समाज तथा युवाको प्रेरणाको स्रोत हुनुहुन्थ्यो । सधैं सत्कर्म र परिश्रमको मार्गदर्शकका रुपमा रहनुभएका उहाँ समाज सेवामा लाग्ने एक कर्मठ, अब्बल तथा दुरदर्शी व्यक्ति हुनुहुन्थ्यो । समाज रुपान्तरणको विना बर्दीको सिपाई सरह रहनुभएका स्व. बासबहादुर आफ्नो परिवारको लागि मात्र नभई समाजको नै अभिभावक स्थापित हुनुभएको थियो । गल्मीको खुर्कोटमा जन्मनुभएका स्व. बासबहादुर माओवादी द्वन्द्वका कारण काठमाडौँ आई सामाजिक कार्य गर्दा गर्दै जीवनको अन्त्य गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै बासबहादुरका छोरा तथा सहायक रथी कृष्णबहादुर जिसीले आफ्नो बुबाको सामाजिक कार्यको चाहना र इच्छा पुरा गर्ने गरी काम गरिरहेको बताउनुभयो । आफ्नो स्व. बुबाको संस्मरणलाई लिपिवद्ध गरी दुई वटा पुस्तक प्रकाशन गरिएको उल्लेख गर्दै उहाँले स्व. बासबहादुरले खोल्नुभएका वा नेतृत्व गर्नुभएका शैक्षिक, सामाजिक तथा अन्य विभिन्न कोषहरुको सामाजिक सेवाको भावलाई कतिपनि कमि हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा स्व. बासबहादुरले गर्नुभएका सामाजिक कार्यहरुलाई भिडियोको माध्यमबाट सार्वजनिक गरिएको थियो । उक्त कार्यक्रममा खुर्कोट गाउँपालिका अध्यक्ष, विभिन्न सरकारी निकाय तथा गैरसरकारी निकायका विशिष्ठ व्यक्तिहरुको सहभागिता रहेको थियो ।

तपाईको बिचार