दसैंअघि नै विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको तयारी

दसैंअघि नै विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको तयारी

697

विराटनगर, २९ असोज । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दसैंअघि नै विश्वासको मत लिने तयारी गरेका छन् ।

विश्वासको मत लिनकै लागि कात्तिक १ मा प्रदेश सभा बैठक बस्ने भएको छ । प्रदेश सभा सचिवालयले आज एक सूचना जारी गर्दै कात्तिक १ गते बुधबार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको हो । यसअघि असोज २० गते स्थगित भएको प्रदेश सभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ ।मुख्यमन्त्री कार्कीले हिजो शपथ लिएपछि तत्कालै विश्वासको मत लिने तयारी गरेका हुन् । कांग्रेसबाट विद्रोह गरेर सविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई एमालेले समर्थन गरेको छ ।

‘एमालेसहित अन्य दलसँग मुख्यमन्त्रीले छलफलअघि बढाउनु भएको छ,’ मुख्यमन्त्रीनिकट स्रोतले भन्यो, ‘सम्भवत: आज संसद सचिवालयलाई यसबारे जानकारी गराइनेछ ।’

तपाईको बिचार