आमाको नामबाट नागरिकताका वितरण प्रक्रिया सुरु

आमाको नामबाट नागरिकताका वितरण प्रक्रिया सुरु

829

पर्सा, २६ असोज । जिल्ला प्रशासन कार्यालय पर्साले बाबुको पहिचान नखुलेका सन्तानको हकमा आमाको नामबाट नागरिकताका वितरणको लागि प्रक्रिया सुरु गरेको छ  ।

कार्यालयले बाबुको पहिचान नखुलेका सन्तानहरूलाई नागरिकता प्रदान गर्न असोज २१ गतेदेखि निवेदन सङ्कलन सुरु गरेको छ, जसमा हालसम्म ४० जनाले निवेदन दिएका छन् । आमाको नागरिकतामा पतिको नाम नभएको, सन्तानको शैक्षिक योग्यता, जन्म दर्ता लगायत कुनै पनि कागजपत्रमा बाबुको नाम नखुलेको सन्तानहरूको हकमा आमाको नामबाट नागरिकता वितरण प्रक्रिया सुरु गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ  ।

तपाईको बिचार

सम्बन्धित खबर