भक्तपुर, २० असोज । भक्तपुरमा मोटरसाइकल टिपरमा ठोक्किएर भएको दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका–५ श्रृजनानगर चोकमा बा ९७ प २९५० नम्बरको मोटरसाइकल टिपरमा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका सिन्धुपाल्चोक चौतारा साँगागढी नगरपालिका–८ घर भइ सूर्यविनायक नगरपालिकाको दार्जिलिङ हाइट बस्ने वर्ष २३ का रामशरण थापामगरको मृत्यु भएको हो ।
गएराति भएको दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक शिव आलेमगरको मध्यपुर अस्पतालमा उपचार भैरहेको छ ।
तपाईको बिचार