रुकुम पश्चिम, १९ असोज । रुकुम पश्चिममा एक्स्काभेटरकाे ठक्करबाट घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ । सानीभेरी गाउँपालिका–१० का भरत खड्काका छ वर्षीय छोरा चन्द्रलालको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
आज शुक्रवार दिउँसाे विद्यालयबाट घर फर्किने क्रममा बालकलाई बा ०१००३ क ९१३० नम्बरकाे डोजरले ठक्कर दिएको थियो । उनी स्थानीय जनसेवा आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत थिए ।
डोजरको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको थियो । अवस्था गम्भीर भएपछि त्यहाँबाट हेलिकोप्टरमार्फत बाहिर लैजाने तयारी हुँदै गर्दा उनकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
तपाईको बिचार