मनाङमा अमेरिकी नागरिकको भिरबाट लडेर मृत्यु

मनाङमा अमेरिकी नागरिकको भिरबाट लडेर मृत्यु

779

मनाङ, १९ असोज । मनाङमा भिरबाट लडेर अमेरिकी नागरिककाे मृत्यु भएकाे छ । भिरबाट लडेर  ६९ वर्षीय चाल्स केथ डेभिजकाे मृत्यु भएकाे हाे ।

डेभिज बुधवार श्रीमती वेथ एन फोड्रियत, पथप्रदर्शक, चालक र पोटरसहित बा ६ च ७५६ नम्बरको गाडीमा लमजुङबाट मनाङकाे सदरमुकाम चामे आउँदै गर्दा भिरबाट लडेका थिए ।

बेँसीसहर–चामे सडक खण्डअन्तर्गत मनाङको नासाे गाउँपालिका–३ खोत्रोडाँडाबाट सडकमा झरेको ढुङ्गा पन्छाउने क्रममा बुधवार राति उनी सडकबाट करिब सय मिटर तल मर्स्याङ्दी नदी किनारमा खसेको  मनाङ प्रहरीले जनाएको छ ।

उनलाई राति नै उद्धार गरी उपचारका लागि मनाङ जिल्ला अस्पताल चामे ल्याएको थियो । उपचारकै क्रममा बिहीवार बिहान उनको मृत्यु भएको हो ।

तपाईको बिचार

सम्बन्धित खबर