विराटनगर, १७ असोज । अहिलेसम्म सरकार बनाउने र ढाल्ने प्रयत्नमै सीमित भएको कोशी प्रदेशसभाको चौथो अधिवेशन आजदेखि सुरु हुँदै छ ।
प्रदेश मन्त्रिपरिषद्को यही असोज ११ गते बसेको बैठकले प्रदेश प्रमुख परशुराम खापुङलाई प्रदेशसभा अधिवेशनका लागि सिफारिस गरेको थियो । मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको प्रदेश सभाको अधिवेशन दिउँसो १ बजे सुरु हुनेछ । प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सो बैठक आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
यो अधिवेशनमा असोज २० भित्र मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । भदौ २२ मा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।
तपाईको बिचार