मनकामना केबलकार दुई दिन बन्द हुने

मनकामना केबलकार दुई दिन बन्द हुने

749

काठमाडौँ, १४ असोज ।  नेपालको पहिलो केबलकार मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ ।

 यहि असोज १७ गते बुधबार र १८ गते बिहिबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ ।  नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको जनाइएको छ ।

केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्‍टुरेण्ट भने नियमित सञ्चालन रहने कम्पनीको भनाइ छ  । असोज १९ गतेदेखि भने केबलकारको  नियमित सेवा सुरु हुने जनाइएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर