आयुक्त खतिवडाद्वारा दुई महिलाको उद्धार: उपचार शुरु

आयुक्त खतिवडाद्वारा दुई महिलाको उद्धार: उपचार शुरु

1081

काठमाडौँ, १२ असोज । भनिन्छ, ‘सेवा नै धर्म हो’ । दुःखीको ‘सेवा’ नै आफ्नो जीवनको ‘मेवा’ भन्ने मान्यतालाई आत्मसात् गर्दै राष्ट्रिय महिला आयोगको सदस्य तथा प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले असहायको सहारा बन्नुभएको छ । आफ्नो गृहजिल्ला पाँचथरको फिदिममा सडकमा अलपत्र परेका आमा र छोरीको उद्धार गर्नुभएको छ ।

बेसाहार बनेका आमा छोरीलाई आयुक्त खतिवडाले फिदिम नगरपालिकाका प्रमुख मित्र काफ्ले र महिला विकासको कर्मचारी शर्मिला खापुङको समन्वयमा पाँचथरबाट आफै उद्धार गरी काठमाडौँ ल्याई उपचार शुरु गराउनुभएको छ । मानसिक रुपमा समस्या रहेका बेवारिसे आमा छोरीलाई आयुक्त अतिवडाले उद्धार गरी पाटन मानसिक अस्पतालमा भर्ना गराउनुभयो ।

आयुक्त खतिवडाले भन्नुभयो, ‘पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. ४ को सन्तकुमार सेवाको छोरी ममत सेवाले भारतीयसँग भागी विवाह गरेको र एक छोरी जन्माउनुभएको रहेछ । तर अहिले नाम समेत थाहा नभएका भारतीय नागरिकले आमा छोरीलाई नै कुट्ने, घरायसी हिंसा गर्ने गरेकाले हाल उहाँहरु दुवै जना आफ्नो श्रीमान्ले समेत छोडेको र मानसिक रुपमा समस्या (विछिप्त) हुनुभएको साथै बेवारिसे अवस्थामा सडकमा जीवन विताइरहनुभएको जानकारी पाए । र नगरप्रमुख मित्र काफ्ले र कर्मचारी शर्मिला खापुङसँगको सहकार्यमा पीडित दुवै जनालाई काठमाडौँ ल्याई आज पाटन मानसिक अस्पतालमा भर्ना गरेका छौं ।’

अलपत्र परेको दुवै जनाको मानसिक रुपमा समस्या रहेको देखिन्छ । अन्दाजी १० वर्षिय छोरी स्यानुन कुजुरले भनिन्, ‘पढेर ठूलो भए पछि प्रहरी बन्छु र आफुलाई दुःख दिनेलाई कुट्नेछु ।’ त्यस्तै ३० वर्षिय आमा ममता सेवाले भन्नुभयो, ‘कुटाई खाएर आँखामा आँसुनै समाप्त भएको छ । कृष्णकुमारी पौडेल हामी असहायको सहारा बन्नुभएको छ । उहाँ त हाम्रो लागि भगवान नै बन्नुभयो ।’ उहाँहरु दुवै जनाको उपचार शुरु गराइएको अस्पतालले जानकारी दिएको छ ।

तपाईको बिचार