टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

735

काठमाडौँ, १० असोज । काभ्रेमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बनेपाबाट पनौतीतर्फ जादै गरेको बा.८४ प ६९५९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ९९७५ नम्बरको टिपरले मंगलबार ठक्कर दिदा काभ्रेको रोशी गाउँपालिका–८, खार्पाचोकका ३९ वर्षीय सिद्धिकुमार लामाको मृत्यु भएको हो  ।

दुर्घटनामा घाइते भएको उनको उपचारका क्रममा अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौँमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर