पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउने समयावधि थप

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउने समयावधि थप

791
Fake HPV vaccine vial holding in hand

काठमाडौँ, ६ असोज । पाठेघरको मुखको क्यान्सरविरुद्धकाे खोप ‘एचपीभी’ लगाउने समयावधि आउँदो १० गतेसम्म थप भएको छ ।

खोप अभियानमा लक्षित किशोरीमध्ये अझै आधाले खोप लगाउन बाँकी रहेकाले पाँच दिन समय थपिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाले जनाएको छ । यसअघि हिजोसम्म समय थप गरिए पनि यस अवधिमा शनिवार, शोक बिदा, तीज, शिक्षक आन्दोलनलगायतका कारण खोप अभियान प्रभावकारी हुन सकेको छैन ।

पहिलो चरणमा १४ वर्ष नाघेका र १५ वर्ष नपुगेका किशोरीहरुलाई खोप दिन थालिएको हो । यो उमेरसमूहका किशोरीको सङ्ख्या साढे तीन लाख रहेको छ । सरकारले गएको भदौ २७ गतेदेखि थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट एचपीभी खोप अभियान शुरु गरेको हो ।

तपाईको बिचार

सम्बन्धित खबर