कामदार बोकेको ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते

कामदार बोकेको ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते

755

सुर्खेत, २२ भदौ । रुकुम पश्चिममा कामदार बोकेको ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार मुसिकोट खलङ्गाबाट चौरजहारीतर्फ जाँदै गरेको भे २ त १४६१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक चौरजहारी नगरपालिका–१ का वर्ष २४ का निर्मल थापा, सोही ठाउँका वर्ष २२ का पारस विष्ट, उदयपुरको उदयपुर गढी नगरपालिका ५ का वर्ष २१ का कृष्ण मगर, सोही ठाउँकै वर्ष २१ पेशल मगर, वर्ष २३ का सुशील राई र वर्ष २१ का सागर राई घाइते भएका हुन् ।

उक्त ट्याक्टर दुर्घटना हुनुको कारण भने खुलेको छै । घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरूको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरू चौरजहारी नगरपालिका १ मा रहेको सिटिईभिटीको भवन निर्माणमा काम गर्ने कामदारहरू हुन् ।

तपाईको बिचार

सम्बन्धित खबर