आजको मौसम

आजको मौसम

719

काठमाडौँ, १९ भदौ । मनसुनको न्यूनचापीय रेखा मंगलबार पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिरमा छ । पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर छ । साथै बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसर देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । वाग्मती र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।

त्यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर