कामनपाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको छ : उपप्रमुख डंगोल

कामनपाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको छ : उपप्रमुख डंगोल

717

काठमाडौँ, १६ भदौ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कामनपाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको बताएकी छन् ।

शनिवार काठमाडौँमा आयोजित नाट्यकर्मी महासंघ नेपालको दोस्रो केन्द्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘शुरुदेखि नै बोल्दै आएको र अहिले हामीले एउटा काम पनि गर्दैछौँ । फिल्म सेक्टर, ड्रामामार्फत होस् वा थ्रिएटरमा हेर्ने मुभीहरु हुन्, सबै पाटोलाई बलियो पाटको रुपमा लग्नुपर्छ भनेर काठमाडौँ महानगरपालिकाले युनेस्को क्रिएटिभ सिटिज नेटवर्क बनाएको छ’ ‘विभिन्न क्रिएटिभ सेक्टरहरुमा जस्तै, खाना, आर्ट, म्युजिक यस्ता विभिन्न क्षेत्रको सात विभिन्न क्षेत्र र विधामा युनेस्को क्रिएटिभ सिटिज नेटवर्क भनेर संसारको विभिन्न शहरहरु त्यो नेटकवर्कमा बस्छन् । कसैले क्रिएटिभ सिटज अफ म्युजिक भनेर दर्ता गर्छ कसैले क्रिएटिभ सिटिज अफ ग्यास्ट्रोनोमिज भनेर खानेकुरालाई नै भनेर त्यो शहरलाई ब्राण्डिङ गरिरहेको हुन्छ भने कामनपाले हामीले अप्लाइ गरेका छौँ । यो २०२४ को शुरुसम्म त्यसको रिजल्ट आउँछ । हामी त्यो अवार्ड पाउनेछौँ ।’

तपाईको बिचार