काठमाडौं। उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित सम्बन्धि संसदीय समितिका सभापति र कृषि तथा पशुपङ्छी मन्त्रीलाई उपभोक्ता जागरण अभियान नेपालले ज्ञापनपत्र बुझाइएको छ।
स्वास्थ्य बीमा , अस्पतालको पार्किङ ब्यवस्था, शिक्षा क्षेत्रका बिकृत्ति, स्वच्छ बजारका चुनौती , तरकारी र फलफूल तथा खाद्यान्नमा रहने विषादीको अवशेष परीक्षण गर्ने प्रयोगशाला र जागरुक उपभोक्ता र जिम्मेवार बिक्रेता अभियान लगायतका विषयहरु ज्ञापनपत्रमा समेटिएको छ।
ज्ञापनपत्र बुझ्दै कृषि तथा पशुपङ्छी मन्त्रीले हालै विषादीको अवशेष परिक्षण गर्ने ल्याबलाई सबै प्रदेशमा निरन्तरता दिने गरी बजेट ब्यवस्था भएको जानकारी दिएका थिए । संसदीय समितिका सभापतिले ज्ञापनपत्रमा समेटिएका सुझाव कार्यान्वयन गर्ने शिलशिलामा छिटै सरोकारवालालाई राखेर छलफल गर्ने आश्वासन दिएका छन् ।
तपाईको बिचार