काठमाडौँ, ११ भदौ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको सभापतिमा अब्दुल खान निर्वाचित हुनुभएको छ । यसअघि समितिको सभापतिमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अन्तिम समयमा उम्मेदवारी फिर्ता दिनुभएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसप्रति न्याय गर्नका लागि आफूले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको सभापतिको उम्मेदवारी फिर्ता लिइ जनमत पार्टीका सांसद अब्दुल खानलाई समर्थन गर्दै रास्वपा उम्मेदवारीबाट पछि हटेको बताएको छ ।
उहाँले आफ्नो प्रतिष्पर्धा जनमतसँग नभइ सत्ता गठबन्धनका दलहरुसँग भएको बताउनु भयो । उहाँले प्रतिपक्षले लेखा समितिको जिम्मेवारी लिएर दरो रुपमा सरकारलाई खबरदारी गर्नुपर्नेमा अरु समितिको नेतृत्व पनि लिएर राजनीतिक भागबण्डामा लागेको बआरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘रास्वपाले आफ्नो उम्मेदवारी फिर्ता लियो र जनमतका अब्दुल खानलाई समर्थन गरेको छ । उहाँका पार्टीका सभापतिले खेल्नुभएको शालिनताका कारण हो । हाम्रो प्रतिष्पर्धा जनमतसँग थिएन, उहाँको उम्मेदवारसँग हुँदै होइन । सत्ता पक्ष र गठबन्धनले खेलेका भुमिकाप्रति थियो । प्रतिपक्षले लेखा समितिको जिम्मेवारी लिएर दरो रुपमा सरकारलाई खबरदारी गर्नुपर्ने, अरु राजनीतिक दलले सदनमा उपस्थितिको आधारमा समितिको नेतृत्व गर्न पाउनुपर्ने स्वभाविक प्रक्रिया हो । तर राजनीतिक भागबण्डाका आधारमा समितिका जिम्मेवारी बाँडफाँट गर्नुभयो । यो दुषित कुरा हो । मधेसीप्रति न्याय गरेका हौँ ।’
ेसांसद पराजुलीले राजनीतिक भागबण्डाका आधारमा समितिका जिम्मेवारी बाँडफाँट भएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।
तपाईको बिचार