विराटनगर, ८ भदौ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् ।
तत्कालिन नेकपा मालेको चौथो महाधिवेशन स्थल सिराहामा आयोजना गरिएको पार्टी सचिवालयको बैठकमा सहभागी हुनका लागि अध्यक्ष ओली आज विराटनगर पुगेका हुन् ।
आज मोरङको विराटनगरमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष ओलीले भने, ‘५० सांसदसहित अब कोशी प्रदेशमा एमालेको सरकार बन्छ ।’
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्ष इस्राइल मन्सुरीले हस्ताक्षर गरेको प्रसङ्गलाई संकेत गर्दै ओलीले कांग्रेस जस्तो पुरानो पार्टीले संविधान नमानेको देख्दा अचम्म लागेको बताए । उनले भने, ‘माओवादीले संविधान मान्दिन भनेर हतियार उठाएर गएको थियो’, ‘अहिले पनि मानेको छैन। तर कांग्रेसजस्तो पुरानो पार्टीले संविधानको खिल्ली उडाएको देख्दा अचम्म लागेको छ ।’
तपाईको बिचार