खोलाले बगाउँदा एकजना बेपत्ता

खोलाले बगाउँदा एकजना बेपत्ता

779

हुम्ला, ८ भदौ । खोलाले बगाउँदा हुम्लामा एकजना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार ताजाकोट गाउँपालिका–४ का मनऋषि जैसी बेपत्ता भएका हुन् ।

उनी सर्केगाड गाउँपालिका–२ को रिपगाड भन्ने ठाउँमा अन्न पिसानीका लागि पुगेका थिए । खोलामा पानीको बहाव बढेपछि बाढीले घट्टसहित बगाएको थियो । बाढीले ३० बोरो अन्न पनि बगाएको छ । बेपत्ता भएका उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर