कुखुराको खोरमा पसेको चितुवा जंगलतर्फ भाग्यो

कुखुराको खोरमा पसेको चितुवा जंगलतर्फ भाग्यो

979

काठमाडौँ, ७ भदौ । कीर्तिपुरस्थित कुखुराको खोरमा छिरेको चितुवा भागेको छ ।

कीर्तिपुर नगरपालिका–४, मच्छेगाँउस्थित रसुवाका पुण्यप्रसाद तामाङको कुखुरा फार्ममा बिहीबार बिहान पसेको चितुवा भागेको हो ।

चितुवाको आक्रमणबाट तामाङ घाइते भएका छन् । चितुवा खोरमा पसेपछि त्यसलाई नियन्त्रणमा लिन थानकोट प्रहरी वृत्तको टोलीले वन कार्यालयलाई खबर गरेको थियो ।

त्यसपछि वन कार्यालयको टोली पनि त्यहाँ पुगेको थियो । तर, टोलीले चितुवालाई नियन्त्रणमा लिन सकेन । चितुवा मच्छेगाउँमाथिको जंगलतर्फ भागेको थानकोट प्रहरीले जनाएको छ

तपाईको बिचार

सम्बन्धित खबर