काठमाडौँ, ६ भदौ । पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका–२, चालिसेबाट त्रिशूली नदीमा बस खस्दा आठजनाको मृत्यु भएको छ ।
प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान ११ः१० बजे को समयमा नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
यात्रुवाहक बस दुर्घटनामा २३ जना यात्रु सवार रहेको पाइएको छ । घटनास्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त खोज तथा उद्धार टोलीले वेपत्ता ७ जनाको खोजीकार्य गरिरहेको छ । उद्धार कार्यमा सशस्त्र प्रहरी बल विपद् तालिम शिक्षालय कुरिन्टारबाट सामूहिक हताहत वाहनसहित सशस्त्र प्रहरीको टोली पुगेको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।
तपाईको बिचार