माओवादीले संसद्लाई झूट, बेइमानी र फट्याइँ बोल्ने थलो बनायो: अध्यक्ष ओली

माओवादीले संसद्लाई झूट, बेइमानी र फट्याइँ बोल्ने थलो बनायो: अध्यक्ष ओली

969

काठमाडौँ, ४ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्लाई माओवादी केन्द्रले झूट, बेइमानी र फट्याइँ बोल्ने थलो बनाएको आरोप लगाएका छन् ।

सोमबार पार्टी कार्यालयमा छक्कबहादुर लामालाई औपचारिक रूपमा केन्द्रीय सदस्यको जिम्मेवारी दिँदै ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकार भ्रष्ट र लुटेरा भएको टिप्प्णी गरे । उनले सरकारको संलग्नाबिना क्विन्टलका क्विन्टल सुन भित्रनै नसक्ने बताएका छन् । ओलीले माओवादी केन्द्रलाई हल्ला चलाउने डफ्फाको संज्ञा दिए । एमालेले संसद् चल्न दिएन भनेर प्रायोजित हल्ला चलाइएको ओलीको आरोप छ ।

उनले प्रश्न गर्दै भने, ‘यो सरकारले नगराएको भए सुन तस्करी गराउँछ कसले? साधारण व्यक्तिले त थैली पनि लान पाउँदैन। ढुंग्री-मुन्द्री पनि चेक गर्छ । यो सरकार अनौठो सरकार छ । एउटा बाटोबाट एउटा आइटम देखाएर ल्याएको मात्रै क्विन्टल रहेछ। एयरपोर्ट त ल्याउनै नसकिने ठाउँ हो नि, ब्रेक शुबाट पनि ल्याएकै छ। सिगरेटबाट ल्याएकै छ । खानेपानीको मोटरबाट पनि ल्याएकै छ। जेबाट पनि सुन ल्याएकै छ । अनि हल्ला चलाउँछ, सबका फाइल खोलिन्छ । यस्तो गरिन्छ, उस्तो गरिन्छ । माओवादी भन्ने छ एउटा डफ्फा.. त्यो डफ्फाको काम नै बदमासी गर्ने, हल्ला अरूतिर चलाइदिने हो । मानिसहरू हल्लाका पछाडि कुद्छन्। माओवादी केन्द्र मानिसहरूले प्रायोजित हल्ला चलाउँछन् । त्यो कुरा भइरहेको छ । हामीले त तस्करी रोक्नुपर्‍यो भनेका हौं। तातोपानी, केरूङ भन्सारबाट कति तस्करी भइरहेको छ। एउटा सियो पनि आउन सक्दैन विमानस्थलबाट। जाँच्ने मेसिन छ, एक्सरे छ, डिटेक्टर छ। सबै चिज छर्लङ्ग छ त्यस्तो ठाउँमा एक आइटममा साढे ९ किलो पक्राउ पर्‍यो, त्यहीँको त्यहीँ हरायो। पक्राउ परेको थियो। सुरक्षित गोदाममा राख्दा त्यहीँबाट हरायो। दुई सय डिग्री तापक्रम चाहिन्छ सुन पगाल्न, त्यहीँको त्यहीँ त पग्लेर गएन होला? विभत्स ढंगले देश लुट्ने काम भइरहेको छ। भैरहवा, विरगञ्ज, विराटनगर भन्सारमा के भइरहेको छ, त्यहाँ दुला छन्, त्यहाँबाट कति तस्करी भइरहेको छ? यस्तो खालको स्थितिमा तस्करी रोकौं छानिबन गरौं भन्दा सरकार बनाउन तयार छैन। आफूले भने भनेको प्रहरी राख्नुपर्ने, भनेजस्तो काम गनुपर्ने, भनेको मानेन भने सरूवा, त्यही प्रहरीबाट निष्पक्ष छानबिन हुन्छ? एसपीको नेतृत्वमा छानबिन समिति बनाएर, एसपीले मानिहाल्छ नि !’

तपाईको बिचार

सम्बन्धित खबर