खैरो हेरोइनसहित ५ जना पक्राउ

खैरो हेरोइनसहित ५ जना पक्राउ

759

काठमाडौँ, ४ भदौ । कलाली र झापाबाट प्रहरीले खैरो हेरोइनसहित ५ जनालाई पक्राउ गरेको छ ।

कैलालीका विभिन्न ठाउँबाट ४ जना र झापाको मेचीनगरबाट ए कैलालीबाट पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका बस्दै आएका ३१ वर्षीय पप्पु राना, १९ वर्षीया करिष्मा छेडाल, ३० वर्षीय शाहिल नेपाली र १८ वर्षीय एक किशोर रहेका छन् ।

पप्पु राना र करिष्मा छेडाललाई करिब ३ ग्रामसहित धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकबाट, शाहिल नेपालीलाई ३ सय मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–१ स्थित शिव मन्दिर नजिकबाट र किशोरलाई ३ सय १० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–१५ कनरीबाट प्रहरीले पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका–६ तुर्केनीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्रामसहित सोही नगरपालिका–६ बद्री टोल बस्ने ३२ वर्षीय बसन्त राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।

कजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर