केही नयाँ काम गर्छु भनेर आउने युवाहरुलाई सरकारले सहुलियत दिएको छ : अर्थमन्त्री महत

केही नयाँ काम गर्छु भनेर आउने युवाहरुलाई सरकारले सहुलियत दिएको छ : अर्थमन्त्री महत

919

काठमाडौँ, ३१ साउन ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले केही नयाँ काम गर्छु भनेर आउने युवाहरुलाई सरकारले सहुलियत दिएको पनि बताउनु भयो ।

काठमाडौंमा आयोजित उद्यमशील युवा, श्रृजनशील युवा विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विकसित भएको देशमा अवसरहरु कम रहेको भन्दै नेपालमा नै केही गर्छु भन्ने युवालाई अवसर रहेको बताउनु भयो। महतले कोरोना भाइरस र अन्य वाह्य कारणले नेपालको अर्थतन्त्र धराशायी बनेपनि अहिले बिस्तारै लयमा फर्किएको दाबी गर्नुभयो ।

उहाँले अर्थतन्त्रलाई अझै चलायमान र सुदृढ बनाउन सकारात्मक सोच र प्रचारको आवश्यकता रहेको बताउनु भयो । उहाँले अहिले देशभर नकारात्मक विचारहरु बढी प्रचार हुँदा परिणाम सकारात्मक नदेखिएको बताउनुभयो । उहाँले नेपालको अर्थतन्त्र संकटमा रहेको भन्दै विदेश जानुको विकल्प छैन भन्नेजस्ता प्रचारबाजी भएकाले अर्थतन्त्रमा समस्या उत्पन्न भएको बताउनु भयो । उहाँले नेपालमा केही छैन र अर्थतन्त्र संकटमा छ भन्ने जस्ता नकारात्मक विचार त्यागेर सकारात्मक उर्जा प्रदान गर्नुपर्ने बताउनु भयो । मन्त्री महतले नेपालको पर्यटन, जलविद्युत र कृषिमा लगानी गर्न बिस्तारै विदेशी लगानीकर्ताहरु बढ्न थालेको बताउनु भयो । अर्थमन्त्री महतले नेपालमा भएका अवसरलाई युवा पुस्ताले खोज्नुपर्ने बताउनु भयो । नेपालमै अवसर खोज्ने हो विदेशको भन्दा राम्रो वातावरण भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अब बिस्तारै हाम्रो इकोनोमीले लय पक्रँदै छ । हिजो कोभिड थियो, वाह्य अरु पनि समस्याहरु थिए । बिस्तारै त्यो हट्यो । लय पक्रिँदै छ । अब एउटा पोजेटिभ डिस्कोर्स शुरु गर्दैछौँ । हामीले नेगेटिभ मात्रै कुरा ग¥यौँ भने नेगेटिभ नै परिणाम आउँछ । हामीले अहिलेसम्म नेगेटिभ डिस्कोर्स शुरु गरेका छौँ । नेपालमा केही छैन, सबै बिग्रिएको छ, इकोनोमी पनि ठिक छैन, रोजगारी पनि पाइँदैन, अब विदेश जानुको विकल्प छैन भनेर सबैले नेगेटिभ कुरा गरे । अहिले सामाजिक सञ्जालमा थाहा छँदैछ नेगेटिभ कुरा चाँडो बिक्छ । नेगेटिभ कुराहरु धेरै सर्कुलेट हुने र पोजेटिभ कुराहरु हुँदैनन् । त्यसैले नयाँ डिस्कोर्स शुरु गरौँ । हाम्रो टुरिजम ठप्प थियो, ब्याक भइरहेको छ । मान्छेहरु आउन थालिरहेका छन् । त्यसले अवसर सिर्जन गर्नेछन् । त्यसकोक फाइदा धेरै पपुलेशनमा आधारित हुन्छ, धेरै रोजगारी दिन्छ । कोही पनि मानिसहरु नलेज छ, आइडिया छ, यहाँ आएर बिजनेस स्टार्ट गर्न चाहन्छ भने सक्नुहुनेछ ।’

अर्थमन्त्री महतले विदेश जानेबित्तिकै सबै चिज प्राप्त हुन्छ भन्ने मानसिकताबाट युवाहरु मुक्त हुनुपर्ने बताउनु भयो। उहाँले विकसित मुलुकमा भन्दा नेपालमा धेरै अवसरहरु भएकाले उद्यमशीलताको नेतृत्व युवाले गर्नुपर्ने बताउनु भयो । उहाँले उद्यमशीलताप्रति मोटिभेसन गर्ने कुरा एकदमै जटिल बन्दै गएको भन्दै अहिले आफन्त सबै बाहिर जाने क्रम चलेकोले आफू नगए पछि पर्छु भन्ने मानसिकता युवाहरुमा बढेको अर्थमन्त्री महतले बताउनु भयो । उहाँले युवा गएको र जान चाहेको देशमा भन्दा यहीँ ठूलो अवसर रहेको महतले बताउनु भयो ।

तपाईको बिचार

सम्बन्धित खबर