बसले शव बोकेको गाडी, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा २० जना घाइते

बसले शव बोकेको गाडी, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा २० जना घाइते

873

चितवन, ३१ साउन । चितवनको टिकौली जंगलमा अक्सफोर्ड कलेजको बसले शव बोकेको गाडी, केही मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा २० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको छ ।

भरतपुर–९, टिकौली जंगलमा भरतपुरबाट टाँडीतर्फ जादै गरेको ना १ क ६१३१ जम्बरको अक्सफोड कलेजको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकी देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको थियो ।

सो क्रममा चारवटा मोटरसाइकल र तीनवटा स्कुटर एक आपसमा ठक्कर खाएको थियो । दुर्घटनापछि घाइतेलाई भरतपुरको विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ भने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

तपाईको बिचार

सम्बन्धित खबर