५ लाख घुससहित बिष्णुपुर गाउँपालिकाका २ कर्मचारी पक्राउ

५ लाख घुससहित बिष्णुपुर गाउँपालिकाका २ कर्मचारी पक्राउ

770

काठमाडौँ, ३१ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाँउपालिकाबाट पाँच लाख घुससहित दुई कर्मचारी पक्राउ परेका छन् ।

आयोगका अनुसार गाँउपालिकाका अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई पक्राउ गरेको हो । वीरेन्द्रकुमार २ लाख रुपैयाँ नगदसहित र लेखनापाल टेकनारायण घुस बापत लिएको तीन लाख रुपैयाँको चेकसहित पक्राउ परेका हुन् ।

सोलार बत्ती जडान लगायतको योजनाको भुक्तानी बापत घुस लिएको आरोपमा उजुरी परेपछि इटहरीस्थित कार्यालयबाट खटिएको अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

तपाईको बिचार

सम्बन्धित खबर