एक क्विन्टल भनिएको सुन ६० केजी ७८९ ग्राम

एक क्विन्टल भनिएको सुन ६० केजी ७८९ ग्राम

737

काठमाडौँ, २९ साउन । राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले ब्रेक प्याडबाट निकालेर तौल गर्दा ६० किलो ७८९ ग्राम परिमाण निस्केको जानकारी दिए ।

उनका अनुसार ब्रेक प्याडबाट छुट्याएपछिको यो परिमाण निस्केको हो । गालेर जोख्दा तौल थप घट्ने बताइएको छ । सोमबार टक्सार महाशाखामा नेपाल प्रहरीको सीआइबी, राजश्व अनुसन्धान विभाग र टक्सार महाशाखासहितका प्रतिनिधि बसेर ब्रेक प्याडमा मोरेर ल्याएको सुन पगालेर तौल यकिन गरिएको हो  ।

तपाईको बिचार