पाँच जना जुवाडे पक्राउ

पाँच जना जुवाडे पक्राउ

766

काठमाडौँ, २९ साउन । काठमाडौँमा एक चिया पसलमा जुवातास खेलिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-१६ कालधारास्थित लामा चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा काभ्रे भुम्लु गाउँपालिका-२ घर भएका ४१ वर्षीय राम बहादुर थापा समेत ५ जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूलाई नगद ३४ हजार १ सय २५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर