काठमाडौँ, २९ साउन । प्रतिपक्ष नेकपा (एमाले)ले दुई केन्द्रीय सदस्य थप गरेको छ ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार आज बसेको सचिवालय बैठकले केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो ।
त्यस्तै सुदूरपश्चिम प्रदेशका शंकरदत्त जोशी र बागमती प्रदेशका सूर्य शर्मालाई केन्द्रीय सल्लाहकार परिषदमा मनोनयन गरेको एमालेले संगठन विभागको सचिवमा केन्द्रीय सदस्य माधव ढुंगेललाई मनोनयन गरेको छ । संगठन विभागको प्रमुखमा काशीनाथ अधिकारी छन् ।
सचिवालय बैठकले राष्ट्रिय युवा संघ कञ्चनपुर जिल्ला अधिवेशनमा भएको कुटपिटको घटना छानबिन गर्न उपाध्यक्ष युवराज ज्ञवालीको संयोजकत्वमा भानुभक्त ढकाल र ज्वालाकुमारी साह रहेको कार्यदल बनाएको छ । उक्त कार्यदलले घटनाको छानबिन गर्दै समाधानको उपाय अवलम्बन गर्नेछ ।
तपाईको बिचार