सुनसरी, २९ साउन । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । आज बिहान ४ बजेको पछिल्लो मापनअनुसार सप्तकोशी नदीमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको प्रशासनले जनाएको छ ।
पानी बहाव बढेपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका अहिले खोलिएका छन् । कोशी नदीको तटीयमा क्षेत्रमा रहेका सर्वसाधारणलाई सतर्क रहन प्रशासनले आग्रहसमेत गरेको छ ।
तपाईको बिचार