विशेष अभियानलाई सफल बनाउन माओवादीले प्रवासबाट १५ लाख उठाउने

विशेष अभियानलाई सफल बनाउन माओवादीले प्रवासबाट १५ लाख उठाउने

799

काठमाडौँ, २८ साउन । नेकपा(माओवादी केन्द्र)ले भदौ १६ गतेदेखि सञ्चालन गर्न लागेको जनतासँग माओवादी विशेष तीन महिने अभियानका लागि प्रवास समन्वय कमिटीले १५ लाख रुपैयाँको आर्थिक कोष खडा गर्ने निर्णय गरेको छ । शुक्रवार नवनियुक्त प्रवास कमिटी इन्चार्ज सुरेन्द्र कार्कीको अध्यक्षतामा बसेको जुम बैठकले विविध निर्णय गर्दै अभियान सफल बनाउन बजेटको व्यवस्था गरेको हो ।

दक्षिण क्षेत्रबाहेका ५ क्षेत्रीय समितिहरूलाई कोटा निर्धारण गरिएको छ । पार्टीको विशेष अभियानमा सम्भव भएसम्म भौतिक रूपमै उपस्थित भएर सफल बनाउन बैठकले आह्वान गरेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर