प्रधानमन्त्री राष्ट्रसंघको महासभामा भाग लिएर न्युयोर्कबाट सिधै चीन जाने

प्रधानमन्त्री राष्ट्रसंघको महासभामा भाग लिएर न्युयोर्कबाट सिधै चीन जाने

691

काठमाडौँ, २८ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदो असोजको पहिलो साता संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भएर त्यतैबाट चीन जाने भएका छन् ।

राष्ट्रसंघको महासभा अमेरिकाको न्युयोर्कमा हुँदै छ । यसअघि, राष्ट्रसंघको महासभामा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने समय र चीन भ्रमणको मिति जुधेका कारण कता जाने भन्ने अन्योल भएको थियो । नेपालले गरेको अनुरोधलाई राष्ट्रसंघको मुख्यालयले स्वीकार गर्दै असोज ५ गते निर्धारित सम्बोधनको समयलाई एक दिनअघि अर्थात् असोज ४ गते सारिदिएपछि दुवैतिर जान सम्भव भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

परराष्ट्र स्रोतका अनुसार अब प्रधानमन्त्री प्रचण्डले असोज ४ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन् । राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री न्युयोर्कबाट सिधै चीन जाने छन् । स्रोतका अनुसार चीनको हन्जाउमा हुन लागेको १९औँ एसियन खेलको उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन् । एसियन खेलको उद्घाटन चीनका राष्ट्रपति एवं प्रधानमन्त्रीमध्ये एकजनाले गर्नेछन् ।

तपाईको बिचार