चितवन, २० साउन । सेवा नै धर्म हो भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवनमा सञ्चालनमा ल्याएको मोबाइल क्लिनिक गैरकानुनी रुपमा प्रयोगमा ल्याएको पाइएको छ ।
रबिले २०६९ सालमा भारत सरकारले भरतपुर चितवनको मेडिकल कलेजलाई सहयोग स्वरूप दिएको एम्बुलेन्सको रङ परिवर्तन गरेर ‘मोबाइल क्लिनिक’ बनाएको कुरा खुलेको छ । कानुन मिचेर भन्सार तथा करमा नेपाल सरकारले दिएको छुटबाट लिएको एम्बुलेन्स थोत्रो भएकोले पत्रु बनाउनुपर्ने रहेछ ।
२०६९ असार २६ गते नारायणी यातायात कार्यालयमा ना २ च ५६१६ नम्बरमा दर्ता भएको तर पाँच वर्षदेखि नवीकरणसमेत नभएको एम्बुलेन्स राष्ट्रिय एम्बुलेन्स निर्देशिका विपरीत राजनीतिक फण्डाको लागि गैरकानुनी रूपमा प्रयोगमा ल्याइएको पाइएको छ ।
रविले सेतो रङको विवरणसहित दर्ता भएको एम्बुलेन्स गैरकानुनी रूपमा आफ्नो पार्टीको लोगो प्रचार सहित निलो रङ परिवर्तन गरी प्रयोगमा ल्याएको रहेछन् । लामिछानेको आफ्नो राजनैतिक स्वार्थ र लाभको लागि अनैतिक, गैह्रकानुनी र नौटङ्कि गरेको चितवनवासी जनताले बताएका छन् । उनले १०० दिनको उपलब्धी सार्वजनिक गर्ने क्रममा समेत वास्तवितालाई ओझेलमा राखेर भ्रमको प्र्रचार गरेको चितवनवासीले बताए ।
तपाईको बिचार