मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

727

सुर्खेत, १९ साउन । सुर्खेतमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज कर्णाली प्रदेश ०२००२ प १९७७ नम्बरको मोटरसाइकलमा भुरेली भन्ने स्थानबाट वीरेन्द्रनगर आउँदै गर्दा दुर्घटनामा परि कालिकोटको महावै गाउँपालिका–७ का २३ वर्षीय कृष्ण शाही र शुभकालिका गाउँपालिका– ३ का २३ वर्षीय बिमोचन विष्टको मृत्यु भएको हो  छन् ।

मोटरसाइकल अनियन्त्रित भएर विद्युतको पोलमा ठोक्किएको थियो । दुर्घटनामा घाइते उनीहरुको उपचारका क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो । दुर्घटनामा मृत्यु भएका शाही मोटरसाइकल चालक हुन् । मोटरसाइकलमै सवार खाँडाचक्र नगरपालिका–५ कालिकोटका १९ वर्षीय प्रकाश कठायत घाइते छन् । उनी उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर