सरकारसँग रासायनिक मल मौज्दात छ,अभाव छैन : कृषिमन्त्री भुसाल

सरकारसँग रासायनिक मल मौज्दात छ,अभाव छैन : कृषिमन्त्री भुसाल

893

१५ साउन । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले सरकारसँग दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै मन्त्री भुसालले सरकारसँग दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको भन्दै मल अभाव नरहेको बताउनुभएको हो । मन्त्री भुसालले सरकारले आयात गरेको मल गुणस्तरीय रहेको बताउनु भयो । उहाँले संघीय सरकारले रासायनिक मल आयात गरेर वितरणको जिम्मा स्थानीय तहलाई दिएपनि स्थानीय तहले राम्रो काम गर्न नसकेको बताउनु भयो । उहाँले स्थानीय तहले रासायनिक मल वितरण राम्रो गर्न नसक्दा मल वितरणमा समस्या देखिएको बताउनु भयो।

उहाँले स्थानीय तहले सिफारिस गरेर मल वितरणको जिम्मा पाएका सहकारी संस्थाले नै घोटला गरेको आरोप लगाउनु भयो । उहाँले सरकारले काभ्रे,पाल्पा,इलाम,कपिलवस्तु लगायतका विभिन्न जिल्लाहरुमा मल वितरणमा बद्मासी गर्नेहरुलाई कारबाही गरेको बताउनु भयो। उहाँले सरकारले यो वर्ष ल्याउनुपर्ने सबै मल आइसकेको भन्दै २५ हजार मेट्रिक टन मल बाटोमा रहेको बताउनु भयो। उहाँले अब आउने पुससम्मको लागि मल ल्याउनको लागि टेण्डर पनि भइसकेको बताउनु भयो।

तपाईको बिचार