इम्ब्रिक सम्मेलनको तयारी तिव्र

इम्ब्रिक सम्मेलनको तयारी तिव्र

841

काठमाडौँ, ४ साउन । रसीयाको सेन्ट्स पिटरवर्गसमा नोभेम्बर ९–१० मा हुने इम्ब्रिक सम्मेलनको तयारी तिव्र भएको छ ।

विश्वका ५६ देशबाट सात हजारको सहभागितामा सम्पन्न हुने सम्मेलनमा विश्वका शक्तिशाली देशहरुको सहभागिता रहेको छ । कार्यक्रममा विभिन्न देशका मेयर, व्यापारीसहितको सहभागितामा हुने सम्मेलनमा भाग लिन नेपालको तर्फबाट आयोजक कमिटीका लागि प्रदिप खत्रीको नेतृत्वमा विभिन्न क्षेत्रका प्र्रोफेसर, डाक्टर, युवा, मेयर, आविस्कारकहरुको सहभागिता हुने बताईएको छ ।

इम्ब्रिकमा विश्वका विकसित तथा शक्तिसाली देशहरु ब्राजिल, रसिया, चाईना, साईथ आफ्रीका र भारत रहेको सम्मेलनमा नेपालको तर्फबाट सहभागिता जनाउँदै सद्भाव दुत खत्रीले नेपालको विकास र समृद्धिमा इम्ब्रिकलाई कसरी जोड्न सकिन्छ रु त्यसबाट नेपालमा उपलब्धीमुलक रुपमा स्थापीत गर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय नगरपालिका फोरम (इम्ब्रिक)सँग जोडेर नेपाल विकास र समृद्धिलाई सँग सँगै लैजानुपर्ने आवश्यकतालाई औंल्याउँदै इम्ब्रिकमा नेपालको कला, संस्कृति, नेपाली पहिचान, पर्यटकीय प्रवद्र्धन, व्यापार, शिक्षा, स्वास्थ्य, उच्चतम नविन प्रविधिको प्रयोगलगायतका नयाँ विकासको मोडलमा जोडिने भएको छ । सम्मेलनबाट नेपाली युवाहरुले देशको आर्थिक समृद्धिमा जोडिने र देशमा नै रोजगारीको वातावरण सिर्जना गरी विदेश पलायन रोक्नको लागि विशेष रणनीति अपनाइने बताइएको छ । विकसित मुलुकहरुले नेपाललाई आगामी दिनमा गर्ने सहयोगलाई थप विस्तार र व्यवस्थित गर्ने विषयमा समेत केन्द्रीत हुने खत्रीले जानकारी दिनुभयो ।

तपाईको बिचार

सम्बन्धित खबर