केपी ओलीले भने, ‘मेरो युट्युब च्यानल सब्सक्राईव गर्नुस् न है’

केपी ओलीले भने, ‘मेरो युट्युब च्यानल सब्सक्राईव गर्नुस् न है’

743

काठमाडौँ, ३१ असार । केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत आफ्नो युट्युब च्यानल सब्सक्राइब गर्न आग्रह गरेका छन् ।

आज बिहान फेसबुकमा आफू ५ हजार फिट माथिबाट उढिरहेको हेलिकप्टरबाट झरेर पनि बाँचेको कुरा उल्लेख गर्दै आफ्नो च्यानलमा आफ्नो जिवनका थुप्रै कुराहरु रहेको उल्लेख गरेका छन् ।

 उनले भनेका छन्– ‘पाँच हजार फिट माथि उडेको हेलिकप्टरबाट झर्दा मलाई म बाँच्छु जस्तो नै लागेको थिएन । झरिसकेपछि आफूलाई जिउँदो पाउँदा हतारहतार आफ्ना हातखुट्टा छामी हेरेँ । आश्चर्य लाग्यो । म घाइते थिएँ तर जिउँदो थिएँ । मृत्युलाई हराउन सफल भएकोमा मन आनन्दित भयो । सफलताको अनुभूति गरेँ । बाँच्नु आफैँमा एउटा सफलता हो । मृत्युका मुखमा पुगेर बाँच्नु मेरा लागि अझ ठूलो सफलताको विषय बन्न पुग्यो ।  यो मेरो २०५२ सालमा हेलिकप्टर दुर्घटनामा पर्दाको अनुभव हो ।’

तपाईको बिचार

सम्बन्धित खबर