भक्तपुर, ३० असार । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले तीन वटै तहको निर्वाचन सम्पन्न भएको छोटो सयममा नै भक्तपुरमा नेपाली कांग्रेसको पहिचान नै मासु चीउरामा बिक्छन् भन्ने बनेको बताउनुभएको छ ।
आज नेकपा एमाले सूर्यविनायक नगरापलिका वडा नं. ७ वडा कमिटीको दोस्रो अधिवेशनको बन्दसत्रमा बोल्दै नेता बस्नेतले कांग्रेसले भक्तपुरमा मासु चीउरा खान पाएपछि सवै विकास निर्माणका कार्यहरु समेत समाप्त गरिदिने गरेको भन्दै जनताले आक्रोस पोखिरहेको बताउनुभयो । हनुमन्ते करिडोर, स्मार्ट सिटी, स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका धेरै राष्ट्रिय स्तरका आयोजनाहरु मासु चीउरा खाएकै भरमा नबनाउने खेलमा लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कांग्रेसको पहिचान नै मासु–चीउरामा विक्छन् भन्ने बनेको छ । मासु चिउरामा विक्ने बानी नै रहेको छ । मासु चीउरा खाएपछि सवै विकास आयोजना सकिदिने गरेका छन् । कांग्रेसका सांसद तथा अन्य नेता कार्यकर्ता स्मार्ट सिटी, हनुमन्ते करिडोर, मानव अंग प्रत्यारोपण केन्द्र, क्यान्सर सेन्टर, स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्राणी उद्यान केन्द्र, रंगशाला, आधुनिक सभागृह, आधुनिक वीर अस्पताललगायतका ठूला ठूला आयोजनाहरु नबनाउन भन्दै मासु चीउरा खाँदै हिडेका छन् । जनताले छोटो समयमा नै पश्चताप व्यक्त गरिरहेका छन् । त्यसैले अब कांग्रेसले भक्तपुरमा अहिलेको जित नै अन्तिम हो ।’
भक्तपुरमा कांग्रेसले जित्नु विकासमा ५ वर्ष पछाडी पर्ने मात्र नभई २० वर्ष पछि परेको दावी गर्नुभयो । कांग्रेसले स्वास्थ्य क्षेत्र, शिक्षा, यातायातलगायतका क्षेत्रहरुमा सेटिङमा मात्र चलाउने गरेको उल्लेख गर्दै निर्वाचित भएपछि कांग्रेसले जिल्लामा कति रकम ल्याउन सकयो भनि प्रश्न गर्नुभयो । मध्यपुर थिमीका मेयर सुरेन्द्र श्रेष्ठ करिडोर विरोधी रहेको उल्लेख गर्दै उहाँले निर्वाचित सांसददेखी लिएर कांग्रेसका नेताहरु अहिले प्लानिङमा व्यस्त रहेको आरोप लगाउनुभयो । अभियान्ता भनौंदाहरु त्यसबाट आउने पैसा चाटेर चुप लागेर बसेको आक्रोस जनाउँदै उहाँले तिनीहरुविरुद्ध मुद्धा लगाउन नसक्ने तर एमालेलाई विकासको विरोध गर्दै मुद्धा हालेको भन्दै गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कांग्रेसले भक्तपुरमा जित्नु भनेको पाँच वर्ष हैन, २० वर्ष पछि पर्यो । एमालेको नेतृत्वमा आएका बजेट कटौती भएको छ । अब पाँच वर्ष पछि एमालेले पुनः जितेर जाँदा त्यो समयमा अहिलेको दुई करोडका आयोजना १० करोडको हुन्छ । त्यसैले पाँच वर्ष कांग्रेसले भक्तपुरको नेतृत्व गर्नु २० वर्ष पछि पर्नु हो । निर्वाचित भएपछि कांग्रेसका नेतृत्वले भक्तपुरमा एक रुपैंया बजेट ल्याए ? स्मार्ट सिटी बनाउने हो भने गुण्डुको मूल्य बानेश्वर, कोटेश्वर भन्दा राम्रो र गुण्डुका स्थानीयवासीको जीवनस्तर उच्च हुन्छ । बागमती प्रदेश सरकारले हनुमन्ते नदीको करिडोर निर्माणमा मरेको भनेको योजना प्रदेश सरकारबाट व्युझिएको छ । मुख्यमन्त्रीका मुख्य सल्लाहकार डिपी ढकाल र प्रदेश सांसद किरण थापाको पहलमा हनुमन्ते, मनोहरा र खर्स्र्याङ्खुर्सुङ करिडोरलाई १५ करोड बजेट व्यवस्थापन भएको छ । उहाँहरुलाई धन्यावाद छ, मर्न लागेको आयोजनालाई बचाउनुभएको छ । निर्वाचित सांसददेखी लिएर कांग्रेसका नेताहरु अहिले प्लानिङमा व्यस्त रहेका छन् । अभियान्ता भनौंदाहरु त्यबाट आउने पैसा चाटेका छन् । तिनीहरुविरुद्ध मुद्धा लगाउन सकदैनन् तर हामीलाई विकासको विरोध गर्दै मुद्धा हाल्छन् ।’
शिक्षा, स्वास्थ्य, सडक, पुल, खानेपानी, पार्क, सामुदायीक भवन, ओपन जिम, सञ्चार लगायतमा अहिले आधुनिक गुण्डु बन्न सफल भएको उल्लेख गर्दै उहाँले भक्तपुरमा करिव खानेपानीको समस्या समाधान हुने चरणमा पुगेको जानकारी गराउनुभयो । एमालेको नेतृत्वमा नगरपालिका र मेलम्ची खानेपानीको आधा आधा लगानीमा सूर्यविनायकका वडा नं. १ देखी ७ सम्म खानेपानीको व्यवस्थान हुने प्रकृया अगाडी बढेको जानकारी गराउँदै उहाँले रातोपार्टीदेखी भ्युटावरसम्मको फुट ट्रायल लगायतका सूर्यविनायक नगरपालिका क्षेत्रका अधिकांश सडकहरुमा वर्षायाममा हिड्दासमेत खुट्टामा हिलो नलाग्ने गरी सडक निर्माण भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सूर्यविनायक नगरपालिकाका अधिकांस सडकहरुमा वर्षायाममा हिड्दा समेत खुट्टामा हिलो नलाग्ने गरी हामीले बनाएका छौं । हामीले सडक कालोपत्रे बनायौं तर हिजो हामीले बनाएका सडक अहिले ग्राभेल बन्नेका छन्, अनुगमन छैन, मर्मत संहार छैन । जितेका भनिएका कुन दुलोमा लुकेका छन् ? नयाँ पार्टी भनौंदाहरु व्यवसायी छान्ने, बेलुका बेलुका जाने अनि तान्ने मात्र भएका छन् । बालकुमारीदेखी पनौती सडकमा हामीले ४० करोडमा बजेट व्यवस्थापन गर्यौ । अब ५० करोड आवश्यक पर्छ । तर अहिले कांग्रेस ल्याएको त हैन तर कांग्रेसकै मान्ने हो भने पनि पाँच लाख अहिले दिएको छ । यहि रेसियोमा बन्ने हो भने उक्त सडक बन्न ८०० वर्ष लाग्नेछ । एमालेले एक वर्षमा गरेको विकास गर्न कांग्रेसलाई ८०० वर्ष लाग्ने रहेछ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै उहाँले नयाँ पार्टी भनौदाहरु जन्मदै भ्र्रष्ट भएको उल्लेख गर्नुभयो । कुनै पनि पार्टीहरुलाई गाली गरे बैकल्पीक शक्तिको रुपमा स्थापित गराउन नसकिने उल्लेख गर्दै उहाँले यस्ता नौटंकीवाद धेरै टिक्न नसक्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘नयाँ भनाउँदा पार्टीहरुको हालसम्म भक्तपुरमा १२ हजार सदस्यता भए रे । दोलखामा २७ हजार पुग्यो रे । सदस्यता शुल्क यती र उती रे । उनीहरुकै कुरा मान्ने हो भने रास्वपा जन्मदै भ्रष्ट पार्टी बन्छ । दोलखाबाट नै दुई करोड ७० लाख, भक्तपुरबाट एक करोड २० लाख रकम सदस्यता शुल्कबाट आयो । त्यो पैसा कहाँ हाल्यो ? मलाई लाग्छ, यस्ता नौटंकीवाद धेरै टिग्दैन । कुनै पार्टीहरुलाई गाली गरे बैकल्पीक शक्तिको रुपमा स्थापित गराउन सकिदैन ।’
तपाईको बिचार