हेटाैँडा, २९ असार । बागमती प्रदेशमा यस वर्षमा पनि डेंगु जोखिम उच्च रहेको छ ।
बागमती प्रदेशको १३ जिल्लामा गत जुन महिनासम्ममा ४२ हजार बढी जनामा डेंगु संक्रमण देखिएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २०२२ जुलाईदेखि हालसम्म ४२ हजार ७१४ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
२०२३ जुन महिनामा मात्र प्रदेश भर ११७ जनामा डेंगु संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मे महिनामा प्रदेशमा २७ जनामा डेंगु सङ्क्रमण देखिएकोेमा एक महिनाको अन्तरालमा ९० जना डेंगु संक्रमित थपिएको छ ।
२०२३ को फेव्रुअरीमा ३० जना डेंगु संक्रमित रहेको बागमतीमा मार्च महिनामा २९ र अप्रिलमा ५२ जनामा संक्रमण देखिएको थियो । त्यसअघि २०२२ जुलाईदेखि २०२३ जनावरीसम्ममा प्रदेशमा ४२ हजार ४५९ जनामा संक्रमण देखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
तपाईको बिचार