काठमाडौँ, २८ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन सरकारले ठोस कदम चाल्ने बताएकी छन् ।
आज राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले डिजिटल साक्षरता प्रवद्र्धन गर्न र सामाजिक सञ्जाललाई कानूनी दायरामा ल्याइ मर्यादित र व्यवस्थित गर्न मन्त्रालय लागिपरेको बताइन् ।
उनले आगामी आर्थिक वर्षमा कानून बनाई सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने बताइन् । उनले भनिन्, ‘सधैँ नीति र कानून तर्जुमा गर्दा प्रेस स्वतन्त्रताको सुनिश्चितता कायम गरिनेछ । आम सञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार, जवाफदेही, उत्तरदायी र विश्वसनीय बनाउन आवश्यक नितिगत तथा कानूनी सुधारका लागि विद्यमान ऐन, कानूनमा समसामयिक संशोधन तथा नयाँ तर्जुमा गर्नुपर्ने देखिएको छ । मन्त्रालयसँग सम्बन्धित कानूनहरुको तर्जुमा, संशोधन एवं परिमार्जन गर्न मन्त्रालय योजनाबद्ध रुपमा लागिरहेको कुरा जानकारी गराउन चाहन्छु । सूचना प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षाको जोखिम न्यूनीकरण गर्नु चुनौतिको रुपमा रहेको छ । डिजिटल साक्षरता प्रवद्र्धन गर्ने, र सामाजिक सञ्जाललाई कानूनी दायरामा ल्याइ मर्यादित र व्यवस्थित गर्न मन्त्रालय लागि परेको छ । ’
तपाईको बिचार