राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक आजै पारित गरिने

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक आजै पारित गरिने

747
sf7df8f}F, @! c;f/ . /fli6«o ;efsf] laxLaf/sf] a}7sdf k|d’v k|ltkIfL bn g]skf Pdfn]sf ;b:ox¿ a}7s ;’¿ x’gf;fy cf–cfˆgf 7fpFdf pleP/ la/f]w ub}{ . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौँ, २८ असार । राष्ट्रिय सभा बैठक बस्दै छ ।

बैठक आज  सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान १०ः०१ बजेका लागि बैठक बोलाइएको हो ।  सङ्घीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८०  पारित हुँदै छ । त्यसअघि आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको  सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । आजै खर्च कटौती सम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको छ ।

त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको कार्यसूचीमा उल्लेख छ ।

तपाईको बिचार